Section 3
कर लगाउने
देहायका प्रत्येक व्यक्तिलाई प्रत्येक आय वर्षमा यस ऐन बमोजिम कर लगाई असुल उपर गरिनेछ:-

(क) कुनै आय वर्षमा कर योग्य आय भएको व्यक्ति,

(ख) दफा ६८ को उपदफा (३) र (४) बमोजिम कुनै आय वर्षको आय विदेशमा पठाउने गैरबासिन्दा व्यक्तिको नेपालमा अवस्थित विदेशी स्थायी संस्थापन, र

(ग) कुनै आय वर्षमा अन्तिम रुपमा कर कट्टी भई भुक्तानी प्राप्त गर्न व्यक्ति ।